• ON AIR
  • UP NEXT

पञ्चेश्वर गाउँपालिका वडा नं १ मा एमालेका परणबहादुर चन्द प्यानल सहित निर्वाचित

news

बैतडी-बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं १ मा एमालेका परणबहादुर चन्द वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँले ४९२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका जमनसिंह साउँदले ३२५ मत ल्याउनु भएको छ । परणबहादुर चन्द सहित वडा नं १ मा एमालेको प्यानलै विजयी भएको हो । पञ्चेश्वरमा अहिले वडा नं ६ को मतगणना भईरहेको छ । अहिले सम्म पञ्चेश्वर गाउँपालिकामा एमालेले अग्रता लिएको छ । अध्यक्षमा एमालेका गोरखबहादुर चन्द ५४२,नेपाली कांग्रेसका दिनेश बहादुर चन्दले ३१०,माओवादी केन्द्रका रमेशबहादुर चन्दले ३९८, राप्रपाका विरेन्द्रबहादुर चन्दले १२ मत ल्याउनुभएको छ । यस्तै उपाध्यक्षमा एमालेका बिना भट्टले ५२८,नेपाली कांग्रेसका विन्दु चन्द २८४ र माओवादी केन्द्रका मञ्जु चन्दले ४५२ मत ल्याउनुभएको छ । 
 यस्तै अहिले २नगरपालिका तथा २ गाउपालिकामा मत गणना सुरु भएको छ भने अन्य २ नगरपालिका तथा ४ गाउपालिकामा मतगणना को तयारी भैरहेको छ ।
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal