• ON AIR
  • UP NEXT

दशरथचन्द नगरपालिकामा मतगणना शुरु,अरु ठाउँको मत परिणाम आउदै ।।

news

असार १५,बैतडी 
      बैतडीको दशरथचन्द नगरपालिकामा मतगणना शुरु भएको छ । जिल्लाको पुरानो नगरपालिकाको रुपमा रहेको दशरथचन्द नगरपालिकामा बिहान ८ बजेदेखि मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत धुव्र कुमार शाहले जानकारी दिनुभयो । जिल्लाका अन्य स्थानीय तहमा सर्वदलीय बैठक बसी मतगणनाको तयारी भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।
मेलौली नगरपालिका,पुरचौडी नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा बुधबार राती देखि नै मतगणना भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार पुरचौडी र मेलौली नगरपालिकामा कांग्रेसको अग्रता छ भने पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा एमालेले अग्रता लिएको छ ।
पुरचौडी नगरपालिका वडा नं १ को मतगणना भइरहँदा नेपाली कांग्रेसले अग्रता लिएको छ । वडा नं १ को ३९५ मत गनिसक्दा मेयरमा नेपाली कांग्रेसका दीपक बहादुर बमले २००, एमालेका कर्णबहादुर कुवरले ४१ र माओवादी केन्द्रका रण बहादुर कुवरले १३५ मत ल्याउनु भएको छ । यस्तै उपप्रमुखमा कांग्रेसका उत्तरा नेपालले १६४, एमालेका जानकी साउँदले २७ र माओवादी केन्द्रका जानकी बमले १६८ मत ल्याउनुभएको छ । यस्तै मेलौली नगरपालिकामा हिजो राती ११ बजेदेखि मतगणना शुरु भएको छ । वडा नं १ बाट शुरु गरिएको मतगणनामा २६३ मत गनिसक्दा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
मेयरमा नेपाली कांग्रेसका कृष्ण सिंह नायकले ११५, एमालेका जगदीशसिंह नायक ८०, माओवादी केन्द्रका भीम बहादुर चन्दले ४२ मत र राप्रपका सुरेन्द्र बहादुर चन्दले ७ मत प्राप्त गर्नुभएको छ । यस्तै उपमेयरमा नेपाली कांग्रेसका राधा ओझाले ८५,एमालेका मानमती भट्टले ७९, माओवादी केन्द्रका केतु चन्दले ३८ र राप्रपाका चन्द्रकला साउँदले ४५ मत प्राप्त गर्नुभएको छ । यस्तै शिवनाथ गाउँपालिकामा अध्यक्ष पदमा नेपाली कांग्रेसका कर्ण साउँदले ११८, एमालेका भरत मडैले १३५, माओवादी केन्द्रका धनबीर धनाडीले १४, राप्रपाका मदनसिंह साउँदले २१ मत प्राप्त गर्नुभएको छ । अहिले मतगणना जारी रहेको छ । पञ्चेश्वर गाउँपालिका वडा नं १ वडा अध्यक्षमा एमालेका परणबहादुर चन्द विजयी असार, १५ बैतडी बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं १ मा एमालेका परणबहादुर चन्द वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँले ४९२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका जमनसिंह साउँदले ३२५ मत ल्याउनु भएको छ । परणबहादुर चन्द सहित वडा नं १ मा एमालेको प्यानलै विजयी भएको हो ।
पञ्चेश्वरमा अहिले वडा नं ६ को मतगणना भईरहेको छ । अहिले सम्म पञ्चेश्वर गाउँपालिकामा एमालेले अग्रता लिएको छ । अध्यक्षमा एमालेका गोरखबहादुर चन्द ५४२,नेपाली कांग्रेसका दिनेश बहादुर चन्दले ३१०,माओवादी केन्द्रका रमेशबहादुर चन्दले ३९८, राप्रपाका विरेन्द्रबहादुर चन्दले १२ मत ल्याउनुभएको छ । यस्तै उपाध्यक्षमा एमालेका बिना भट्टले ५२८,नेपाली कांग्रेसका विन्दु चन्द २८४ र माओवादी केन्द्रका मञ्जु चन्दले ४५२ मत ल्याउनुभएको छ ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal