• ON AIR
  • UP NEXT

१७४ ओटै मतदानकेन्द्रबाट मतदाता परिचयपत्र वितरण कार्य जारी

news

असार १२, बैतडी- बैतडीका १७४ ओटै मतदानकेन्द्रबाट मतदाता परिचयपत्र वितरणको कार्य जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
 
जिल्लाका सबै मतदानकेन्द्रबाट परिचयपत्र वितरणको कार्य जारी रहेको जिल्ला निर्वाचन अधिकारी माधव प्रसाद फुँयालले जानकारी दिनुभयो । भोलीपनि मतदान केन्द्रहरुबाट परिचयपत्र वितरण गरिने उहाँले बताउनुभयो ।
 
मतदानकेन्द्रहरुमा मतदाता परिचयपत्र वितरणका साथै मतदाता शिक्षा पनि सञ्चालन भइरहेको जिल्ला निर्वाचन अधिकारी फुँयालले बताउनुभयो ।
 
 
असार १४ गते हुनगईरहेको निर्वाचन कसरी भोट हाल्ने भनेर नजानेका मतदाताहरु सिकाउने कार्य जारी रहेको उहाँले बताउनुभयो । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal