• ON AIR
  • UP NEXT

स्वास्थ्यमा बैतडीलाई देशभरीमै तेस्रो बनाउने डा.अवस्थीको बिदाई

news

बैतडी,२८ असार-
जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीको आज भब्य बिदाई गरिएको छ । बिगत ७ बर्ष यता बैतडीको स्वास्थ्य क्षेत्र सम्हाल्दै आएका डाः अवस्थीको क्षेत्रिय स्वास्थ्य निर्देशनालय पोखरामा सरुवा भएपछि उँहालाई बैतडी स्थीत बिभिन्न सरकारी निकाय, नागरिक समाज तथा आम सञ्चार सस्थाहरुले बिदाई गरेका हुन् । डा.अवस्थी बैतडीमा आएपछि ६८औँ नम्बरमा रहेको बैतडी जिल्लाको स्वास्थ्य क्षेत्रलाई ३ नम्बरमा पु¥याउन सफल हुनुभएको थियो । उहाँले जिल्लामा आएपछी बैतडी लगातार स्वास्थ्य सुचकांकको उत्कृष्ट १० भित्र परेको छ । स्वास्थ्य मन्त्रालयले कार्यसम्पादन मुल्यांकनका आधारमा बैतडी उत्कृष्ट दशभित्र पर्दै आएको थियो  । 
उहाँले गरेका कामहरुको उच्च कदर गर्दै रेडियो निङ्गलाशैनि ९४ मेगाहर्जले दोसल्लासहित सम्मानका साथ बिदाई गरेको हो । रेडियो निङ्गलाशैनिका प्रबन्ध निर्देशक महेश अवस्थीले उहाँको अगामी कार्यकालको शुभकामना दिदै स्वास्थ्य क्षेत्रमा गरेको सुधारको प्रसंसा गर्नुभयो । बिदाई कार्यक्रममा बोल्नुहुदै डा.अवस्थीले बैतडीलाई स्वास्थ्यको क्षेत्रमा १ न.मा पुर्याउने आफ्नो लक्ष्य पुरा हुन नसकको बताउनुभयो । मेरो कार्यकालमा १ नं मा पुर्याउन नसकेपछी बैतडी स्वास्थ्य क्षेत्रको उत्कृष्ट १ बन्न शुभकामना व्यक्त गर्नुभयो ।  
यस्तै बिहान गोठलापानी बजार तथा पाटन बजारमा बाँजागाजा सहित डा.अवस्थीलाई बैतडी बासिहरुले बिदाई गरेका हुन् । डाः गुणराज अवस्थी क्षेत्रिय स्वास्थ्य निर्देशकको रुपमा गण्डकी प्रदेशको पोखरामा बढुवा हुदै सरुवा भएको हो । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal