• ON AIR
  • UP NEXT

क्रोएसिया ऐतिहासिक जीत निकाल्दै फाइनलमा

news

एजेन्सी,असार २८-

विश्वकप फुटबलको उपाधिका लागि क्रोएसिया र फ्रान्स भिड्ने भएका छन् । गए राति इंङल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै क्रोएसियाले फ्रान्ससँगको उपाधि भिडन्त पक्का गरेको हो । खेल सुरु भएको पाँचौ मिनेटमै गोल खाँदै पछि परेको क्रोएसियाले दोस्रो हाफमा बराबरी गोल गरेको थियो ।अतिरिक्त समयको दोस्रो हाफमा मारियो मान्जुकिजले क्रोएसियाका लागि निर्णायक गोल गरेका थिए ।खेल सुरु भएको पाँचौ मिनेटमा केरियन ट्रिपरले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै इङल्याण्डलाई अग्रता दिलाएका थिए । एक गोलको अग्रता बनाएको इङल्याण्डले डिफेन्सिभ खेल्दा क्रोएसियालाई पहिलो हाफमा बराबरी गर्न असफल भएको थियो ।

खेलको ६८ औं मिनेटमा इभान पेर्सीले उत्कृष्ट गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टिमले आक्रामक खेले पनि क्रोएसिया दोस्रो हाबी भएको थियो । निर्धारित समयमा दुवै टिमले एक एक गोल गरेपछि खेल अतिरिक्त समयमा गएको थियो । इङल्याण्डका गोल किपर जोर्डन पिकफोर्ड क्रोएसियाको प्रहार बचाउ गरेका थिए ।०९औं मिनेटमा मारियो मान्जुकिजले नजिकैबाट इङल्याण्डको जाली चुमाएका थिए । उनको गोल नै निर्णायक भयो । फाइनल खेल आइतबार हुने छ । त्यसअघि शनिबार तेस्रो स्थानका लागि सेमिफाइनलमा पराजित भएका बेल्जीयम र इङल्याण्ड तेस्रो स्थानका लागि खेल्नेछन् ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal