• ON AIR
  • UP NEXT

चितुवा मृत फेला

news

विनोद सिंह विष्ट–बैतडी,२४ असार-
बैतडीको दोगडाकेदार गाउँपालिकामा आज एक वयस्क चितुवा मृत अवस्थामा फेला परेको छ । दोगडाकेदार गाउँपालिका ७ चडेपानी बथना भन्ने स्थान चितुवा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 
आज बिहान ११ बजेतिर स्थानियले चितुवालाई मृत अवस्थामा फेला पारेपछी प्रहरीलाई खबर गरेका थिए ।  ईलाका वन कार्यालय देउलेकका फरेस्टर श्रवण कुमार महतोका अनुसार ७ फिट १० ईन्च लम्वाई भएको चितुवा सडेगलेको तथा गन्हाएको अवस्थामा फेला परेको हो । चितुवा अन्दाजी ८ बर्षको  रहेको उहाँले बताउनुभयो । चितुवा ७÷८ दिन पहिला मरेको हुनसक्ने बताईएको छ । चितुवाको शरिरमा कुनै घाउ तथा चोटपटक नरहेकोले कालगतिनै मरेको हुनसक्ने फरेस्टर महतोले बताउनुभयो । उहाँले भन्नुभयो“मृत चितुवाको परिक्षणका लागी जिल्ला पठाएका छौ परिक्षणपश्चातमात्रै चितुवा कसरी मर्यो भन्ने थाहा हुन्छ ”
घटनाको थप अनसन्धान जारी रहेको जिल्ला वन अधिकृत प्रभात सापकोटाले जानकारी दिनुभयो । 
उक्त क्षेत्रमा केही दिनयता चितुवाले आतंक मच्चाउदै आएको  थियो । दोगडाकेदार गाउँपालिकामा केही दिन यता चितुवाले आधा दर्जन पशुचौपाया मारेको थियो । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal