• ON AIR
  • UP NEXT

दोगडाकेदार गाउँपालिकाको बजेट ४० करोड

news

विनोद सिंह विष्ट–बैतडी,२४ असार-
दोगडाकेदार गाउँपालिका बैतडीको तेस्रो गाउँ सभा आगामी वर्षको बजेट तथा विभीन्न निती तथा कार्यक्रम प्रस्तुत गरिएको छ । आगामी आर्थीक वर्षको लागी अनुमानित ४० करोड २६ लाख ५१ हजार बजेट गाउँसभामा पेश गरीएको छ । गाउँपालीकाका उपाध्यक्ष पार्वती ऐरी कार्कीले आगामी आर्थीक वर्षलाई उर्जा वर्षको रुपमा मनाउने घोषणा समेत गर्नुभएको छ । यसका साथै शैक्षीक गुणस्तर सुधार , कृर्षी , पशुपालन , लघु उद्यम , स्वास्थ्य क्षेत्र लगाएतका क्षेत्रमा सुधार गर्ने गरी नीती तथा कार्यक्रममा समेटीएको छ । एक टोल , एक सडक , एक वडा एक चक्रपथ , एक घर एक धारा निमार्ण गर्ने निती तथा कार्यक्रम पनी गाउँ सभामा समेटीएको गाउपालीकाका अध्यक्ष चक्र बहादुर कार्कीले बताउनुभयो । साथै आगामी आर्थीक वर्षमा कृर्षी क्षेत्रलाई प्राथमीकता दिईने , गाउँपालीका अध्यक्ष कृर्षी आयोजना संञ्चालन गरीने तथा लक्षीत वर्गका लागी क्षमता अभिवृद्धी लगाएतका कार्यक्रमहरु अध्यक्ष कार्कीले बताउनुभयो । गाउँपालीकाको आर्थीक स्तर वृद्धी गर्नका लागी करको दायरा पनी फराकीलो बनाउने योजना गाउँपालीकाले अघी सारेको छ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal