• ON AIR
  • UP NEXT

बैतडीमा शिक्षक सेवा आयोगको आवेदन बुझाउन झण्झट

news

बैतडी,२३ असार -
बैतडीमा शिक्षक सेवा आयोगको आवेदन बुझाउन २÷३ दिन लाग्ने गरेको आवेदकहरुले गुनासो गरेका छन् । यसले परीक्षार्थी मर्कामा परेका छन् । टाढा बाट आवेदन बुझाउन आउनेहरु निकै समस्यामा परेको पाटन नगरपालीका वडा नम्बर ३ बाट शिक्षक सेवा आयोगको आवेदन बुझाउन सदरमुकाम पुग्नुभएका दिपेन्द्र पन्तले बताउनुभयो । सदरमुकाम पुगेको ३ दिन सम्म पनी आफुले आवेदन बुझाउन नपाएको गुनासो पन्तले गर्नुभयो । वाणीज्य बैङमा बिहान १० बजे भौचर भर्दा साझ ६ बजे मात्र काम बन्ने गरेको पन्तको भनाई छ । यस्तै शिक्षा विकास तथा समन्वय इकाई बैतडी कार्यालयमा पनि बिहान १० बजे आवेदन बुझाउन जादाँ साझँ ५ बजेसम्म लाईनमा बस्नुपर्ने अवस्था आएको गुनासो गर्नुभयो । सेवाग्राहीको भिडभाड र कर्मचारीको व्यवस्थापन नहुदाँ यस्तो समस्या भएको शिक्षक पन्तको भनाई छ । यता इकाई प्रमुख नरेन्द्र प्रसाद अवस्थीले भने सकेसम्म आवेदन बुझाउने परीक्षार्थीलाई सहज वातावरण बनाउने प्रयास गरीरहेको बताउनु भएको छ । अवस्थीले पहिले वास्ता नगरेर अन्तीममा आएर आवेदन बुझाउने गरेकोले यस्तो अवस्था आएको हो उहाँले भन्नुभयो “ अधिकृत देखी लिएर सबै कर्मचारी यो काममा खटाएको हुनाले यस्तो समस्या आएको होईन ” पहिलेको भन्दा अहीले आवेदन बुझाउने परीक्षार्थीहरुलाई आफुहरुले धेरै ठाउँ पुग्नु पर्ने समस्या हटाएको उहाँले बताउनुभयो । एकै ठाउँबाट काम गर्न सक्ने व्यवस्था परीक्षार्थीहरुलाई मिलाएको उहाँको भनाई छ । इकाई प्रमुख अवस्थीले कोही एक दुई जना परीक्षार्थीहरुकै व्यक्तिगत कारणले यस्तो समस्या आएपनी आफुहरुबाट भने यस्तो वातावरणको सिर्जना नभएको बताउनुभयो । आफुसंग पनी काम ढिलासुस्ती भयो भनेर अहिलेसम्म कुनै परीक्षार्थीको गुनासो नआएको अवस्थीको भनाई छ । आर्थिक बर्षको अन्तिम महिना भएकोले बैंकमा पनि योजना निर्माणसम्पनन पश्चात स्थानिय तहका नागरिक पनि भुक्तानी लिन आउने भएकोले बढी समय लाग्ने गरेको छ । यसैबिच शिक्षक सेवा आयोगको फर्म भर्दा राष्ट्रिय बाणीज्य बैकको भौचरमा शिक्षा कार्यालयको ःटाम्प (छाप) अनिवार्य भएपछी सेवा ग्राहीहरुलाई पर्न गएको मार्काबारे नेपाल पत्रकार महासंघ र सामाजिक चेतना तथा विकास संघ (साडा) नेपाल को एक टोलीले राष्ट्रिय बाणीज्य बैक शाखा बैतडीसंग शुक्रवार छलफल गर्दा अब उप्रान्त राजश्व जम्मा गर्दा शिक्षा कार्यालयको छाप नभएपनी बैकले राजश्व लिने बैंकले जनाएको छ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal