• ON AIR
  • UP NEXT

कच्ची सडकमा जोखिमपूर्ण यात्रा

news

बैतडी,२७ जेठ-
बर्षातको समयमा बैतडीका विभिन्न ठाउँका नागरिक कच्ची सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । बर्षात शुरु भएसंगै जिल्लाका एक दर्जन कच्ची सडकहरुमा गाडी चलाउन निकै समस्या हुने गरेको यातायात व्यवसायीहरुले बताएका छन् । बर्षातका कारण कच्ची सडकमा खाल्डाखुल्डी भएपछि यातायातका साधन सञ्चालन गर्न निकै चुनौती हुने गरेको सिगास गाउँपालिकाका जस्बीर बोहराले बताउनुभयो । गाउँमा सडक पुगेपछि कच्ची सडकमा जोखिम मोलेरै भएपनि व्यवसायीहरुले गाडी चलाउने र यात्रुहरु पनि जोखिम मोलेर आवतजावत गर्ने गरेको उहाँले बताउनुभयो । 
जिल्लाको पाटन–पञ्चेश्वर,दुदिलाखान–गाँजरी,विफ्याकटाल–ढुंगाड, ढोल्यामोड–हाट,श्रीभावर–कुवाकोट,सतबाँझ–श्रीभावर,देहीमाण्डौं–गिरेगडा, गोठलापानी–सेरा,सिल्लेगडा–कटौजपानी, अनारखोली–कैलपाललगायतका सडकहरुमा बर्षातको समयमा गाडी चलाउन निकै समस्या हुने गरेको व्यवसायीहरुले बताएका छन् । 
कच्ची सडकमा गाडी चलाउन निकै समस्या हुने जीप चालक किशोर मडैले बताउनुभयो । बर्षातको समयमा धेरैजसो सडकहरु अवरुद्ध समेत हुने गरेका छन् । बर्षात रोकिएपछी मात्रै ती कच्ची सडक सुचारु हुने गरेका छन् ।  कच्ची सडकमा सिमीत सवारी साधन चल्ने गर्दछन् । सिमीत सवारी साधन चल्ने कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्ने भएकाले दुर्घटनाको जोखिम समेत हुन्छ । 
ग्रामिण कच्ची सडकमा सिमीत सवारी साधन सञ्चालनमा हुने भएकोले यात्रुहरु पनि जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका हुन्छन् । ग्रामिण क्षेत्रमा सिमीत सवारी साधन चल्छन् बाध्य भएर जोखिम मोल्न बाध्य भएको सुर्नयाका प्रकास भाटको भनाई रहेको छ । कच्ची साधुँरा सडक त्यसैमा क्षमताभन्दा बढी यात्रु बोक्ने भएकोले दुर्घटनाको जोखिम पनि उत्तिकै हुने गरेको उहाँको भनाई रहेको छ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal