• ON AIR
  • UP NEXT

खोलामा डुबेर बैतडीमा एक युवकको मृत्यु

news

विनोद सिंह विष्ट–बैतडी,२६ जेठ-
खोलामा डुबेर बैतडीमा आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ४ गोठलापानीका  २५ बर्षीय अशोकमणी भट्ट रहेका बैतडी प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो । आज बिहान बनभोज खान हिडेका युवकको मध्यान्ह १२ बजे दशरथचन्द नगरपालिका ९ नीलगाडमा खोलामा नुहाउने क्रममा बेपत्ता भएका थिए । खोलामा बेपत्ता भएका युवकलाई दिउँसो साढे २ बजे प्रहरीले मृत फेला पारेका थिए । मृतक भट्टको शव परिक्षणका लागी जिल्ला अस्पताल बैतडीमा राखिएको छ । गोठलापानी बजार व्यवस्थापन समितिले आयोजना गरेको वनभोजमा कार्यक्रममा सहभागी भएका भट्ट गर्मी छल्न नुहाउन खोलामा गएका बताईएको छ ।  
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal