• ON AIR
  • UP NEXT

बर्षाले बाटो बगाउँदा समस्या

news

विनोद सिंह विष्ट–बैतडी,२६ जेठ-
बिहीवारराती परेको पानीले गर्दा बैतडीको डिलासैनी गाँउपालिका वडा नं ३ ठुलासैनीमा बाटो बगाउदा आवतजावतमा समस्या भएको छ । ठुलासैनीमा रहेको उक्त बाटो बगाउँदा गाउँमा आवतजावत गर्न समस्या भएको स्थानिय शिव सिंह धामीले जानकारी दिनुभयो । बर्षाले बाटो बगाउदा गाईगोरु, बाख्राहरुलाई चराउनको लागी जंगल लैजान समेत नसकिएको उहाँले बताउनुभयो । ३ बर्ष अगाडी पहिरोले गर्दा त्यस ठाउँको बाटो बगाएको थियो । यो बर्ष डिलाबैनी गाउँपालिकाको ५ लाख अनुदानमा उक्त बाटो मर्मत तथा तारजाली सहितको पर्खाल बनाएको थियो । मर्मत गरेको उक्त बाटो  तथा तारजाली सहितको पर्खाल गएरातीको बर्षाले बगाएपछी समस्या भएको उहाँले बताउनुभयो 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal