• ON AIR
  • UP NEXT

बैतडीमा सवारी चेकजाँचमा कडाई

news

विनोद सिंह विष्ट–बैतडी,२६ जेठ-
पछिल्लो समय बैतडीमा सवारी दुर्घटनाका बढ्दै गएको भन्दै ट्राफिक प्रहरीले चेकजाँचमा कडाई थालेको छ । प्रहरीले बिषेश गरेर राजमार्ग क्षेत्रमा सञ्चालन भईरहेको सवारी साधनहरुले ट्राफिक नियमको पालना गरे नगरेको बारेमा चेकजाँच गर्न थालेको हो । जिल्लाको दशरथचन्द राजमार्ग, महाकाली राजमार्ग, जयपृथ्वी राजमार्ग क्षेत्रमा चेकजाँचमा कडाई गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो । गोठलापानी, खोडपे, पाटन,सतबाँझ लगायतका प्रहरी पोष्टहरुलाई चेकचाँजमा कडाई गर्न निर्देशन दिएको उहाँले बताउनुभयो । यसका साथै ग्रामिण क्षेत्रका सडकहरुमा पनि छड्के चेकजाँज जारी रहेको प्रहरीले जनाएको छ । चालक अनुमती पत्र, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई कार्वाही गर्न थालिएको जनाएको छ । ट्राफिक नियम उल्लंघनका कारण सवारी दुर्घटना बढेको भन्दै जनगुनासो आएपछी प्रहरीले चेकजाँचमा कडाई थालेको हो । चेकजाँजपश्चात सवारी दुर्घटनाका घटनामा कमी आउने विश्वास गरिएको छ । 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal