• ON AIR
  • UP NEXT

शिवनाथमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

news

विनोद सिंह विष्ट–बैतडी,२४ जेठ-
बैतडीको शिवनाथ गाउँपालिकामा जारी दुईदिने निशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ । उक्त शिविरवाट  १ हजार १ सय बढी नागरिक लाभान्वित भएका छन् । नागार्जुन मावि शर्मालीमा सम्पन्न  शिविरमा  ४०५ जनाको नाक, कान घाँटीको उपचार, ३६७ जनाको सामान्य चेकजाँच,२५७ जनाको दाँतसम्बन्धी उपचार, १३९ जनाको स्त्रीरोग तथा  महिलाको पाठेघरसम्बन्धी समस्याको उपचार गरिएको छ ।  सामाजिक विकास तथा सचेतना समाज स्वदेशको आयोजना, नेपालगञ्ज मेडिकल कलेज, जिल्ला स्वास्थ्य कार्यालय बैतडीको प्राविधिक सहयोग  र प्रदेश सातको सामाजिक विकास मन्त्रालय, शिवनाथ गाउँपालिकाको आर्थिक सहयोगमा शिविरको आयोजना गरिएको हो । शिविरमा पाठेघर खसेका महिलाहरुको चेकजाँच, दन्तसेवा, नाककान घाटी सेवा, जनरल फिजिसियन सेवा लगायतका सेवाहरु प्रदान गरिएको आयोजकले जनाएको छ । यसअघि उक्त शिविर दोगडाकेदार गाउँपालिका र मेलौली नगरपालिकामा पनि सञ्चालन गरिएको थियो । यसपश्चात पञ्चेश्वरमा उक्त शिविर सञ्चालन हुने बताईएको छ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal