• ON AIR
  • UP NEXT

दनपाका जनप्रतिनिधिलाई विपद् व्यवस्थापन सम्बन्धि तालिम

news

बैतडी,२४ जेठ-
 
बैतडीको दशरथचन्द नगरपालिकाका जनप्रतिनिधिलाई विपद् व्यवस्थापन तथा योजना निर्माण सम्बन्धि तालिम दिइएको छ । वडाध्यक्षसहित सबै सदस्यलाई विपद् व्यवस्थापन र स्थानीयतहका योजना तर्जुमाबारे तालिम दिइएको हो । 
युनिसेफको सहयोगमा रेडक्रस बैतडीले जनप्रतिनिधिलाई तालिम दिएको बालबालिका केन्द्रित विपद् व्यवस्थापन कार्यक्रमका जिल्ला संयोजक तेजप्रसाद पाण्डेले बताउनुभयो । तालिममा स्थानीयतहका योजना निर्माणका सात चरण, योजना छनोट प्रकृया र विपद् व्यवस्थापनबारे जानकारी गराइएको थियो । 
स्थानीयतहका योजना छनोट गर्दा विपद् जोखिमलाई पनि योजनामा प्राथमिकतामा राख्नुपर्ने रेडक्रस बैतडीका सभापति भीमदत्त पाण्डेयले बताउनुभयो । कार्यक्रममा बोल्दै दशरथचन्द नगरपालिकाकी उपप्रमुख मीना चन्दले नगरपालिकाले योजना छनोट गर्दा टोलबाट नै सही र बढीभन्दा बढी समुदायलाई लाभ हुने खालका योजना छनोट गरेर वडास्तरमा प्राथमिकीकरण गर्नुपर्ने जानकारी दिनुभयो ।
 नगरपालिकाले स्थानीय विपद् तथा जलवायु उत्थानशिल योजना पारित गरेर लागू गरेकाले विपद् जोखिम न्यूनीकरणका घटनामा कमी आउने उहाँले बताउनुभयो बताउनुभयो ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal