• ON AIR
  • UP NEXT

गोकुलेश्वर कृषि कलेजका प्रमुख जोशी सम्मानित

news

विनोद सिंह विष्ट–बैतडी,२३ जेठ-
कलेजको सर्वाङ्गिण विकासको लागी योगदान पुर्याएको भन्दै बैतडीको गोकुलेश्वर कृषि तथा पशुबिज्ञान कलेजका कलेज प्रमुख सम्मानित भएका छन् । कलेजमा रहेको स्वतन्त्र विद्यार्थी युनियनले (स्ववियु)आज एक कार्यक्रमको आयोजना गरी कलेज प्रमुख प्रमानन्द जोशीलाई सम्मान गरेको हो । उहाँलाई स्ववियुका सभापती राजेन्द्र बमसहितका पदाधिकारीले खादा र कदरपत्रसहित सम्मान गर्नुभएको हो । 
यसका साथै सोही समारोहमा कलेज व्यवस्थापन समितिलाई समेत सम्मान गरिएको छ । कलेज व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष गोपाल कार्कीलाई पनि खादा र कदरसहित सम्मान गरिएको कलेजका स्ववियु सभापती राजेन्द्र बमले जानकारी दिनुभयो । कलेज स्थापनाकालदेखि नै कलेजमा शैक्षिक गुणस्तर कायम गर्न तथा कलेजको सर्वाङ्गिण विकासको लागी कलेज प्रमुख र कलेज व्यवस्थापन समितिको महत्वपुर्ण भुमिका खेलेकोले दुबैलाई सम्मान गरिएको स्वावियु सभापती बमले जानकारी दिनुभयो । 
यसैबिच गोकुलेश्वर कृषि तथा पशुबिज्ञान कलेजको स्ववियुको आयोजनामा आज रिपार्ट तथा प्रपोजल राईटिंगसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ ।  कलेजमा अध्ययनरत विद्यार्थीहरुको आठौं सेमेस्टरमा युपिए रिपोर्ट बनाउनपर्ने भएकोले उक्त रिपोर्ट बनाउन सजिलो होस भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको जनाएको छ । 
 यसका साथै भबिष्यमा पनि अध्ययनका साथै प्रपोजल बनाउन सजिलो होस तथा अध्ययन,अनुसन्धानमा सहयोग पुग्ने भएकोले विद्यार्थीलाई तालिम दिईएको  स्ववियुले जनाएको छ । तालिमको पशिक्षका रुपमा अमेरिकामा अनुसन्धानकर्ताका रुपमा रहेका एलेक्स ग्रीनी रहनुभएको थियो ।  
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal