• ON AIR
  • UP NEXTसिधा प्रश्न सिधा जवाफ

पुरुषको तुलनामा महिला मतदाताको संख्या बढी

news

असार ३ बैतडी - बैतडीमा पुरुषको तुलनामा महिला मतदाताको संख्या बढी रहेको छ । जिल्लामा भएका १ लाख २५ हजार २८३ मतदाता मध्ये ६० हजार ५५८ पुरुष र ६४ हजार ७२४ महिला रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पुरुषको तुलानामा महिला मतदाताको संख्या ४ हजार १६६ बढीरहेको जिल्ला निर्वाचन अधिकारी माधव प्रसाद फुँयालले जानकारी दिनुभयो ।
 
स्थानीय तहका आधारमा हेर्दा भने केही स्थानीय तहमा पुरुष मतदाताको संख्या बढी रहेको भएपनि समग्रमा महिला मतदाताको संख्या बढी रहेको फुँयालले जानकारी दिनुभयो । डिलाशैनी गाउँपालिका ५ हजार ६५९ पुरुष मतदाता छन् भने ५ हजार ६०५ महिला मतदाता रहेका छन् । दशरथचन्द नगरपालिकामा महिलाको भन्दा पुरुष मतदाताको संख्या १ ले बढी छ । दशरथचन्द नगरपालिकामा महिला मतदाता ८ हजार ८९६ छन् भने पुरुष मतदाताको संख्या ८ हजार ८९७ रहेको छ । यस्तै दोगडाकेदारमा पुरुष मतदाताको संख्या ६ हजार २४६ छ भने महिला मतदाताको संख्या ६ हजार ४२७ रहेको छ । यस्तै पञ्चेश्वर गाउँपालिकामा पुरुष मतदाताको संख्या ४ हजार ३२६ छ भने महिला मतदाताको संख्या ५ हजार २०१ रहेको छ । पाटन नगरपालिकामा पुरुष मतदाताको संख्या ७ हजार ८१७ रहेको छ भने महिला मतदाताको संख्या ८ हजार ५१४ रहेको छ ।
 
 
पुरचौडी नगरपालिकामा पुरुष मतदाताको संख्या ९ हजार ८७ रहेकोमा महिला मतदाताको संख्या ९ हजार ६१४ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसैगरी मेलौली नगरपालिकामा पुरुष मतदाताको संख्या ५ हजार १६४ रहेको छ भने महिला मतदाताको संख्या ५ हजार ८७० रहेको छ । यस्तै शिवनाथ गाउँपालिकामा ३ हजार ६८५ पुरुष र ४ हजार २४९ महिला मतदाता रहेका छन् । यस्तै सिगास गाउँपालिकामा ५ हजार १६८ पुरुष र ५ हजार ४९२ महिला मतदाता रहेका छन् ।
 
जिल्लाको सुर्नया गाउँपालिकामा ४ हजार ५०९ पुरुष र ४ हजार ८५६ महिला मतदाता रहेका छन् । जिल्लामा १ जना तेश्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal