• ON AIR
  • UP NEXTसिधा प्रश्न सिधा जवाफ

जसले हलीया बन्नबाट छुट गराउछ उसैलाइ भोट दिने

news

असार १ बैतडी, स्थानीय तहको चुनावका लागी नेता कार्यकर्ताहरु  गाउँघरमा पुगिरहेको बेला बैतडीका मुक्त हलीयाहरुले जसले आफुहरुलाइ हलीया बन्नबाट छुट गराउछ उसैलाइ भोट दिने बताएका छन् । मुक्तहलीयाको परिचयपत्र हातमा पाइसक्दा पनि अझै साहुको घरमा काम गर्नुपर्ने बाध्य भएकाले आफुहरुलाइ हलिया बन्नबाट मुक्त गर्नेलाइ भोट दिने उनिहरुको भनाइ छ ।  
 
आज भन्दा २० बर्ष पहिले लिएको ऋिण अझै तिर्न नसक्दा पचिरयपत्र पाएर पनि हलीया बन्नु पर्ने बाध्यता भएकाले आफुहरुको समस्यालाइ भोट दिने उनिहरुले बताएका छन् ।
 
बैतडीमा २०२२ जना मुक्त हलिया मध्ये अहिले १ हजार ५६१ जनाले मुक्त हलिया परिचय पत्र पाएका छन् । भने बाकिले अझै परिचयपत्र पाउन सकेका छनैन्न । परिचयपत्र पाएका मुक्तहलीयाहरुले पनि रिण तिर्न नसक्दा अझै हलीया बन्नुपरेको छ । बैतडीको सुर्नया २ बासुलिंगका गोमती लुहारले करिब १६ बर्ष पहिले ससुराले लिएको २० हजार रुपैंया ऋण तिर्न नसकेपछि अहिले पनि साहुको घरमा हलिया बस्नु परेको बताउदै आफुहरुको पिडा बुझनेलाइ भोट दिने बताउनु भयो ।
 
सरकारले २०६५ साल भदौ २१ गते हलियामुक्तिको घोषणा गरेको भएपनि मुक्त हलियाहरुको अवस्था उस्तै रहेको छ  आफुहरुलाइ साझबिहान हातमुख जोर्न समेत निकै समस्या भएकाले आफुहरुको समस्या समाधान गर्नेलाइ भोटट दिने उनिहरुले बताएका छन् 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal