• ON AIR
  • UP NEXT

दनपाद्वारा ११ ऐन, नियमावली र कार्यविधि निर्माण

news

बैतडी,२६ वैशाख-
बैतडीको दशरथचन्द नगरपालिकाले ११ ओटा ऐन नियमावली र कार्यविधि बनाएको छ । संविधानमा व्यवस्था भए अनुसार स्थानीय तहले विभिन्न २२ प्रकृतिका कामकाजका लागि कानुन बनाउन सक्ने व्यवस्था गरिएको छ । दशरथचन्द नगरपालिकाले आर्थिक ऐन,विनियोजन ऐन निर्माण गरिसकेको नगरपालिकाका प्रवक्ता चक्रप्रसाद शर्माले जानकारी दिनुभयो । यस्तै निर्णय वा आदेश अधिकार पत्रको प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको नियमावली २०७४, नगरकार्यपालिका कार्य सम्पादन नियमावली २०७४,नगरकार्यपालिका कार्यविभाजन नियमावली २०७४ पनि पारित गरिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । यस्तै विपद् तथा जलवायु उत्थानशील बिशेष कोष सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७४, बजार अनुगमन निर्देशिका २०७४ पारित गरेको छ । यस्तै नगरकार्यपालिका बैठक सञ्चालन सम्बन्धि कार्यविधि,नगरसभा सञ्चालन कार्यविधि, निर्णय वा आदेश अधिकार पत्रको प्रमाणीकरण कार्यविधि र पदाधिकारीहरुको आचारसंहिता २०७४ पनि पारित गरेर लागू गरिसकेको छ । 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal