• ON AIR
  • UP NEXT

रेडक्रस दिवसमा फलफूल वितरण

news

बैतडी, २५वैशाख – विश्व रेडक्रस दिवसको अवसरमा बैतडी रेडक्रस शाखाले अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको । जिल्ला अस्पताल बैतडीमा भर्ना भएका १० जना बिरामीहरुलाई फलफूल  वितरण गरिएको रेडक्रस बैतडीका सदस्य तेजप्रकाश भट्टले बताउनुभयो ।
एक सय ९० औं विश्व रेडक्रस तथा रेडक्रिसेण्ट दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर गुणराज अवस्थी र रेडक्रस सदस्य एवं कर्मचारीले फलपूmल वितरण गरेका हुन् । यसअघि नेपाल रेडक्रस सोसाइटी बैतडी शाखामा रेडक्रसका जन्मदाता जा हेनरी डिउनाका फोटोमा माल्यार्पण गरिएको थियो ।
यस्तै ज्ञानेश्वर मावि जुनयर रेडक्रस सर्कल खोडपेले पनि विभिन्न कार्यक्रममका साथ विश्व रेडक्रस मनाएको रेडक्रस उपशाखा खोडपेका सभापति बलदेव केसीले बतानुभयो ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal