• ON AIR
  • UP NEXT

ताजा खबर

लागू औषध चरेश सहित भारतीय नागरिक पक्राउ

news

विनोद सिंह विष्ट–बैतडी,२५ वैशाख-
लागू औषध चरेश सहित प्रहरीले बैतडीमा एक भारतीय नागरिक सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पिथौरागद बल्तडी बस्ने २५ बर्षीय नवीन भण्डारी र दशरथचन्द नगरपालिका १० आदरपिण्णा बस्ने गणेशदत्त भट्ट रहेका छन् । भण्डारीलाई शंकाको आधारमा खानतलासी गर्दा रातामाटा भन्ने ठाँउवाट उनको झोलाबाट ५२ ग्राम लागु औषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । भण्डारीलाई सोधपुछ गर्दा स्थानीय व्यापारी गणेशदत्त भट्टको पसलबाट किनेको बताएपछि भट्टको पसलमा समेत ३ सय ५५ ग्राम चरेश फेला परेको उहाँले बताउनुभयो । दुवैजनालाई हिरासतमा लिएर अनुसन्धान कार्य चलिरहेको प्रहरीले जनाएको छ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal