• ON AIR
  • UP NEXT

आइपिएल : हैदरावादद्वारा ब्यांग्लोर ५ रनले पराजित

news

काठमाडौँ ,२५ वैशाख -आइपिएल क्रिकेट अन्तर्गत सोमबार राति भएको ३९ औं खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई ५ रनले पराजित गरेको छ | 

आफ्नो घरेलु मैदानमा भएको खेलमा पहिले ब्याटिङ गर्दै सनराइजर्स हैदरावादले १६ ओभरमा १०८ रन बनाउँदा ५ विकेट मात्र गुमेको थियो तर अन्तिम खेलसम्ममा रोयल च्यालेन्जर्स ब्यांग्लोरले हैदरावादलाई अल आउट गरिदियो | जसको कारण हैदरावादले १४६ रन मात्र बनाउन सक्यो र ब्यांग्लोरलाई जितको लागि १४७ रनको लक्ष्य प्रस्तुत गर्यो | खेलमा हैदरावादका लागि १४६ रन जोड्ने क्रममा एलेक्स हल्सले ५ रन, शिखर धावनले १३ रन, केन विलियमसनले सर्वाधिक ५६ रन, मनिष पाण्डेले ५ रन सकिब अल हसनले ३५ रन, युसुफ पठानले १२ रन, व्रिद्दिमान साहाले ८ रन, रशिद खानले १ रन, भुवनेश्वर कुमार नट आउट रही  १ रन, सिद्धार्थ कौलले १ रन लिए भने सन्दिप शर्मा बिना रन आउट भएका थिए | हैदरावादलाई अलआउट गर्ने क्रममा रोयल च्यालेन्जर्स ब्यांग्लोरका टिम साउथे र मोहम्मद सिराजले ३/३ विकेट लिए भने उमेश यादव र युज्भेन्द्र चाहलले १/१ विकेट लिएका थिए | खेलमा हैदरावादले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा ब्यांग्लोरका मनन भोराले ८ रन, पार्थिव पटेलले २० रन, कप्तान विराट कोहलीले सर्वाधिक ३९ रन, एबी डेभिलियर्सले ५ रन, मोइन अलिले १० रन, मन्दिप सिङले नट आउट रही २१ रन बनाए भने अर्का ब्याट्सम्यान कोलिन डे ग्रयाण्डहोम अन्तिम ओभरको अन्तिम बलमा ६ रन मात्र आवश्यक हुँदा आउट हुन पुगेपछी ब्यांग्लोरले १४१ रन मात्र बनाउन सक्यो र हैदरावादसँग ५ रनले पराजित हुन पुग्यो | 

ब्यांग्लोरलाई १४१ रनमै रोक्ने क्रममा हैदरावादका सकिव अल हसनले २ विकेट लिए भने सन्दिप शर्मा, भुवनेश्वर कुमार, सिद्धार्थ कौल र रशिद खानले १/१ विकेट लिएका थिए | 

खेलमा रोयल च्यालेन्जर्स ब्यांग्लोर पराजित हुँदै आइपिएलको छैटौं स्थानमा छ भने खेलमा ८ औं जित दर्ता गर्दै सनराइजर्स हैदरावाद सबैभन्दा शिर्ष स्थानमा छ | 

आईपिएल टिम-८ मा को-को कुन स्थानमा ? 

1. Sunrisers Hyderabad *16 pts 

2. Chennai Super Kings *14 pts 

3. Kings XI Punjab *12 pts

4. Kolkata Knight Riders *10 pts 

5. Mumbai Indians *8 pts 

6. Royal Challengers Bangalore * 6 pts 

7. Delhi Daredevils *6 pts 

8. Rajasthan Royals * 6 pts 

आइपिएलमा ८ टिम मध्ये ६ टिमले १०/१० खेल खेलिसकेका छन् भने अब किंग्स ईलाभेन पंजाव र राजस्थान रोयल्सले ९/९ खेल खेलेका छन् अब किंग्स ईलाभेन पंजाव र राजस्थान रोयल्सको खेल मंगलबार राति ८:१५ बजे हुनेछ | 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal