• ON AIR
  • UP NEXT

आईपीएल : मुम्बइको जित, कोलकाता १३ रनले पराजित

news

काठमाडौं, २४ वैशाख– आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले महत्वपूर्ण जित हात पारेको छ ।

आइतबारको पहिलो खेलमा मुम्बइले कोलकाता नाइट राइडर्सलाई १३ रनले हराउँदै महत्वपूर्ण २ अंक थपेको हो । १ सय ८२ रनको लक्ष्य पछ्र्याएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन मात्र बनाउन सक्यो ।

कोलकाताका लागि रोबिन उथप्पाले ३५ बलमा ५४ तथा दिनेश कार्तिकले २६ बलमा नटआउट ३६ रन बनाएपनि जीतका लागि पर्याप्त भएन । मुम्बईका हार्दिक हार्दिक पाण्ड्याले दुई विकेट लिए ।

मुम्बइमा टस हारेर पहिले व्याटिङ गरेको घरेलु टोलीले ४ विकेट गुमाएर क्षतिमा १ सय ८१ रन बनाएको थियो । मुम्बईका लागि सूर्यकुमार यादवले ५९ एभिन लेविसले ४३ र हार्दिक पाण्ड्याले नटआउट ३५ रन बनाए ।

कोलकाताकासुनिल नाराइन र आन्द्रे रसेलले दुई–दुई विकेट लिए ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal