• ON AIR
  • UP NEXT

पाताल भुवनेश्वरमा विराट धार्मिक महोत्सव

news

बैतडी,२४ वैशाख-
बैतडीको सुर्नया गाउँपालिका २ स्थित प्रसिद्ध पाताल भुवनेश्वर धाममा आजदेखि विराट सिद्धनाथ पाताल भुवनेश्वर धार्मिक महोत्सव एवं श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ शुरु हुने भएको छ । पातालभुवनेश्वर धामको प्रचारप्रसार तथा विकासका लागि महोत्सवको आयोजना गरिएको आयोजक समितिका प्रवक्ता प्रजापती जोशीले जानकारी दिनुभयो । महोत्सवमा अन्तराष्ट्रिय कथा बाचक हरिशशरण महाराजले प्रवचन दिने कार्यक्रम रहेको छ । पातालभुवनेश्वर धामको बारेमा शास्त्रहरुमा समेत उल्लेख गरिएको तर प्रचारप्रसारको अभावमा ओझेलमा परेकाले यसको महत्वलाई उजागर गर्नका लागि धार्मिक महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक समितिका संयोजक परमानन्द भट्टले जानकारी दिनुभयो । महोत्सव आजदेखि शुरु हुने भएकाले सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । महोत्सवको उद्दघाटन सत्रमा प्रदेश सातका मुख्यमन्त्री त्रिलोचन भट्टको सहभागिता रहने बताइएको छ । धार्मिक महोत्सवमा सहभागी भई पुण्यलाभ ग्रहण गर्न र पातालभुमेश्वर धामको महिमाका बारेमा जानकारी लिन आयोजकले सबैमा आग्रह समेत गरेको छ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal