• ON AIR
  • UP NEXT

टिम नेपो बैतडीको सरसफाई कार्यक्रम सम्पन्न

news

चन्द्रकान्त अवस्थी-
बैतडी,२३ वैशाख-
Team NEPO (टिम नेपो) बैतडीले, जिल्लाको गोकुलेश्वरमा रहेको बेतालेश्वर मन्दिर परिसर सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
Team NEPO केन्द्रीय समितिको तेस्रो वार्षिक उत्सबको अवसरमा मन्दिर परिसरमा सरसफाई गरिएको (टिम नेपो) बैतडीका अध्यक्ष रेनुका कार्कीले जानकारी दिनुभयो । सरसफाइले मन्दिर वरपरको वातावरण सफा हुने , सरसफाई क्षेत्रमा जागुरुक बनाउने तथा जनचेतना फैलाउने उद्देश्यले सो कार्यक्रम गरिएके उहाँले बताउनुभयो ।

यसका साथै सोही कार्यक्रममा गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजबाट द्यकअ ब्न को ४ वर्षे अध्ययन सकेका विधयार्थीहरुलाई बिदाई गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजका स्ववियु सचिव खगेन्द्र कडेंंल रहनुभएको थियो । कार्यक्रमका सहभागीहरुले टिम नेपोले गरेका कार्यक्रमहरुले स्थानिय खुसी भएका धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजका शिक्षक,विद्याथी, समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।
टिम नेपो यो भन्दा अगाडी पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal