• ON AIR
  • UP NEXT

आईपीएल : हैदराबाद र चेन्नई विजयी

news

हैदराबाद,२३ वैशाख  – इण्डियन प्रियिमर लिग अन्तर्गत शनिबार भएको खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ ।

शनिबार भएकाे खेलमा हैदराबादले दिल्ली डेरडेभिल्सलाई ७ विकेटले हरायो । टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो ।

दिल्लीका लागि पृथ्थी शाहले ३६ बलमा ६५ रन बनाएका थिए । उनले ६ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै श्रेयस ऐयरले ४४ रन बनाए ।

बलिङ तर्फ राशिद खानले २ विकेट लिए भने सिद्धार्थ कौलले १ विकेट लिए ।

१६४ रनको लक्ष्य हैदराबादले ३ विकेटको क्षतिमा १ बल अगावै पूरा गर्‍यो । हैदराबादका लागि एलेक्स हेल्सले ४५ रनको योगदान दिए । यस्तै शिखर धवनले ३३, केन विल्यामसनले ३२, युसुफ पठानले २७ र मनिष पाण्डेले २१ रन बनाए ।

चेन्नई शिर्ष स्थानमा

आईपीएल त्रिकेटमा चेन्नई सुपरकिंग्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले हराएको छ ।

१ सय २८ रनको लक्ष्य १८ ओभरमा ४ विकेट गुमाएर भेट्टाउन चेन्नईका अम्बाति रायुडुले ३२, सुरेश रैनाले २५, महेन्द्रसिंह धोनीले नट आउट ३१ रनको योगदान गरे । 

जीतसंगै चेन्नई अंक तालिकाको शिर्षस्थानमा उक्लिएको छ । चेन्नईले १० मध्ये ७ खेल जित्दै १४ अंक बनाएको छ । बेंग्लोर भने खेलेका ९ मध्ये ६ खेल हार्दै अंकतालिकाको छैठौं स्थानमा झरेको छ । 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal