• ON AIR
  • UP NEXT

पत्रकार महासंघ ७ नं प्रदेशको अध्यक्षमा शाह

news

विनोद सिंह विष्ट–बैतडी,२३ वैशाख-
 
नेपाल पत्रकार महासंघ ७ नं प्रदेशको ऐतिहासिक पहिलो प्रदेश निर्वाचनवाट अध्यक्षमा अर्जुन शाह निर्वाचित भएका छन् । शाहले प्रतिस्प्रर्धी हरि जोशीलाई ११७ मतले पछी पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । शाहले ३७९ मत प्राप्त गर्दा उहाँका प्रतिस्प्रर्धी हरि जोशीले २६१ मत प्राप्त गरे । बैतडीमा ४५ मत खसेकोमा शाहले ३२ तथा जोशीले १३ मत प्राप्त गरे। दार्चुलामा ३९ मत खसेकोमा शाहले ९ र जोशीले ११ मत पाए भने १९ मत बदर गएका हुन । डडेल्धुरामा शाहले २४ तथा जोशीले ३५ मत पाएका छन् । बझांगमा ३७ मत शाहले तथा ४ मत जोशीले पाए । डोटीमा शाहले १८ तथा जोशीले २२ मत प्राप्त गरे । अछाममा शाहले ५३ तथा जोशीले २७ मत पाए । बाजुरामा २७ मत शाहले प्राप्त गर्दा जोशीले १८ मत पाए । कैलालीमा १०० मत शाहले प्राप्त गर्दा जोशीले ४३ मत मात्रै प्राप्त गरे । कञ्चनपुरमा शाहले ७९ मत प्रप्त गरे भने जोशीले ८९ मत प्राप्त गरेका छन् ।  प्रदेश नं ७ मा हरु पदका लागी भने प्रेश युनियन, प्रेस चौतारी र प्रेस सेन्टरले सहमतीमा निर्विरोध निर्वाचित गराएका थिए ।  अध्यक्ष पदका लागी मात्रै भएको निर्वाचनमा प्रेस चौतारीका हरी जोशी र अर्जुन शाह भिडेका हुन । प्रेस चौतारी नेपाल, प्रेस युनियन र प्रेस सेन्टर तीन वटै संगठनले देशभरका सबै प्रदेश, उपत्यका र एशोसियट कमिटिमा भागबण्डा गरेका थिए । 
 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal