• ON AIR
  • UP NEXT

दोगडाकेदार गाउँपालिकामा सिसिटिभी क्यामेरा जडान

news

विनोद सिंह विष्ट–बैतडी,२२ वैशाख-
भष्टाचार मुक्त र जनतामुखी गाउँपालिका बनाउन उद्देश्यले बैतडीको दोगडाकेदार गाउँपालिकाले कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरेको छ । कर्मचारीलाई जनताको सेवामा बफादार तथा जनतालाई  दिईने सेवा छिटो छरितो प्रदान गर्ने उद्देश्यले सिसिटिभी क्यामेरा जडान गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले  जानकारी दिनुभयो । नागरिकसंग प्रत्यक्ष सम्बन्ध रहेको गाउँपालिका कार्यालयमा शान्ति सुरक्षा र कर्मचारी गतिविधि निगरानीका लागि सिसिटिभी क्यामेरा जडान गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाका विभिन्न शाखा तथा फाँटहरुका गरी आठ वटा क्यामेरा जडान गरिएको जनाएको छ । सिसिटिभी क्यामरा जडानले कार्यालयको सुरक्षा र कर्मचारी लापरवाही नियन्त्रणमा आउने गाउँपालिकाको अपेक्षा रहेको छ ।  क्यामेराका गतिविधिका आधारमा सेवाग्राहीले सहज रूपमा सेवा पाए नपाएको सबै हेर्ने र त्यसका आधारमा सेवालाई सहज बनाउँन कर्मचारीलाई त्यसै अनुसार तयार गर्ने गाउँपालिका अध्यक्ष कार्कीको भनाई रहेको छ । क्यामेरा जडानले काम प्रति कर्मचारीलाई बढी जवाफदेही र उत्तरदेही बनाउनुका साथै यसवाट सेवाग्राहीलाई पनि सेवा पाउन सहजता हुने विश्वास गरिएको छ । साथै  सेवा पनि छिटो छरितो रुपमा सम्पादन हुुने जनाएको छ ।  कार्यालयको सबै कार्यलाई पारदर्शी ढंगले अगाडि बढाउनका लागि आधुनिक प्रविधिको प्रयोगमा दोगडाकेदार  गाउँपालिकाले जोड दिएको छ । गाउपाँलिकाले  यसअघि ई हाजिरीको प्रयोग समेत सुरु गरिसकेको छ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal