• ON AIR
  • UP NEXT

दोगडाकेदार गाँउपालिकामा ई–हाजिरी

news

विनोद सिंह विष्ट–२१ वैशाख-
कर्मचारी तथा जनप्रतिनिधिलाई समयको पालना गराउनका लागि र उपस्थिति पारदर्शी बनाउन बैतडीको दोगडाकेदार गाउँपालिकाले पहिलो पटक ई–हाजिरी अर्थात इलेक्ट्रोनिक हाजिरी प्रयोगमा ल्याएको छ ।  अनुशासन र समयको पालना गराउन साथै मर्या्दित बनाई सेवालाई दु्रतगतिमा अगाडि बढाउनका लागि ई–हाजिरीको व्यवस्था गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो । ई–हाजिरी प्रयोगमा ल्याई सके पश्चात कार्यालयमा उपस्थित नभएर अर्को दिन हाजिर गर्ने, समयमा कार्यालय नआउने, कार्यालय समय अगावै घर जाने कर्मचारीहरु निरुत्साहित हुने बताईएको छ । रजिष्टरको हाजिरी हुुँदा कर्मचारी एक्कै छिन फुुर्सद हुुँदा कार्यालय निस्की हाल्ने प्रवृृतिको अन्त्य भएको र कर्मचारी कामप्रति वफादार भएर काम गर्ने गाउँपालिकाले अपेक्षा गरेको छ । कार्यालय र काम प्रति कर्मचारीलाई बढी जवाफदेही र उत्तरदेही बनाउनुका साथै यसवाट सेवाग्राहीलाई पनि सेवा पाउन सहजता भएको र सेवा पनि छिटो छरितो रुपमा सम्पादन हुुने जनाएको छ ।  कार्यालयको सबै कार्यलाई पारदर्शी ढंगले अगाडि बढाउनका लागि आधुनिक प्रविधिको प्रयोगमा दोगडाकेदार  गाउँपालिकाले जोड दिएको छ ।
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal