• ON AIR
  • UP NEXT

सामुदायिक विद्यालय पनि अंग्रेजी माध्यमवाट पठनपाठन

news

विनोद सिंह विष्ट–बैतडी,२० वैशाख-
सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्युन भएर बन्द हुने अवस्थामा पुगेपछी बैतडीका केही सामुदायिक विद्यालयहरुले नयाँ शैक्षिक शत्रबाट अंग्रेजी माध्यमवाट पठनपाठन सुरु गरेका छन् । अंग्रेजी माध्यमवाट पढाई हुने निजी विद्यालयमा विद्यार्थीको संख्या बढ्दै जान थालेपछी सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमवाट पठनपाठन सुरु गरेका हुन् । जिल्लाको दोगडाकेदार गाउँपालिकामा पनि शैक्षिक शत्र २०७५ वाट केही विद्यालयमा अंग्रेजी माध्यमवाट पठनपाठन सुरु गरेको छ । दोगडाकेदार गाउँपालिकाको वडा नं ३ श्रीकोटमा रहेका २ सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमवाट पढाई सुरु गरिएको हो । खोचलेकमा रहेको सनातन धर्म मावि र खिरेगाउँमा रहेको केदारनाथ आधारभुत विद्यालयमा अंग्रेजी माध्यमवाट पठनपाठन सुरु भएको सम्वन्धित विद्यालयले जनाएका छन् ।
सनातन धर्म मावि खोचलेकमा कक्षा १ देखि ३ सम्म र केदारनाथ आधारभुत विद्यालयमा बालविकास र कक्षा १ यस शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमवाट पढाई सुरु गरिएको हो ।
आधुनिक युग सुहाउदो शिक्षाको आवश्यकता रहेकोले अंग्रेजी भाषाको पठनपाठन सुरु गरिएको सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताउनुभयो । समयानुकल अनुसार शिक्षा प्रदान गर्नका लागी अंग्रेजी माध्यमवाट पढाई सुरु गरिएको उहाँले बताउनुभयो ।
यस्तै गत शैक्षिक सत्रसम्ममा विद्यार्थी संख्या न्युन भएको केदारनाथ आधारभुत विद्यालयमा विद्यार्थीको संख्या बढाउन अंग्रेजी माध्यमवाट पठनपाठन गरेको प्रधानाध्यापक शंकरराम ओडले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउन अंग्रेजी माध्यमवाट पढाई गर्दा विद्यार्थी संख्या बढ्ने उहाँको भनाई रहेको छ ।
सनातन धर्म मावि वि स २०१७ सालमा स्थापना भएको हो भने केदारनाथ आधारभुत विद्यालय वि स २०४३ सालमा स्थापना गरिएको हो ।
पछिल्लो समय देखासिखीको आधारमा निजी विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो र बसाई सरेर तराई जाने क्रम बढी भएकाले पनि सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएका छन ।
बैतडीका अधिंकास सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्युन भएर विद्यार्थीको संख्या घट्दै गएको छ । सरकारले अर्बौ रुपैया लगानी तथा खर्च गरेर सामुदायिक विद्यालय सञ्चालन गरिरहेकोले सामुदायिक विद्यालयको स्तर घट्दै गएकाले पढाइको गुणस्तरमा सुधार ल्याउन आवश्यक रहेको जानकारहरुको भनाई रहेको छ ।
पछिल्लो समय सामुदायिक विद्यालयको स्तर खस्किदै गएको छ । सामुदायिक विद्यालयको स्तर खस्किदै गएपछी विद्यार्थीको आकर्षण निजी विद्यालयमा आकर्षित हुन थालेको छ । पढाई पनि गुणस्तरीय हुने भन्दै अभिभावकको रोजाई निजी विद्यालयमा जान थालेको हो ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal