• ON AIR
  • UP NEXT

प्रदेश नं ७ लाई मनमोहन मेमोरियल यू–१६ क्रिकेटको उपाधि

news

काठमाडौं, वैशाख १९ – मनमोहन मेमोरियल यू–१६ क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर सातले जितेको छ ।

प्रदेश नम्बर सातले फाइनलमा प्रदेश नम्बर दुईलाई २४ रनले हराउँदै उपाधि हात पारेको हो ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश सातले ३० ओभरमा ७ विकेट गुमाउँदै दुई सय आठ रन बनायो । ४७ रन हुँदा दुई विकेट गुमाएको प्रदेश सातका लागि राहुल भण्डारीले ३८, रोशन साउदले ३७ तथा हृदय बिठारीले ३३ रन बनाए ।  बलिङतर्फ दुई नम्बर प्रदेशका विवेक यादवले दुई  विकेट लिए ।

जवाफमा प्रदेश नम्बर दुई ३० ओभरमा नौ विकेट गुमाउँदा एक सय ८४ रनमा रोकियो । एक सय ५३ रन बनाउँदा चार विकेट मात्र गुमाएको उसले अरु ३१ रन बनाउँदा पाँच विकेट खेर फाल्यो ।  प्रदेश दुईका अमित यादवले ८० रन बनाए भने त्रितराज दाशले २७ तथा साहिल पटेले २५ रनको योगदान गरे ।

दुई नम्बर प्रदेशलाई सस्तैमा रोक्न मनोेज लोथ्यालले ५ तथा नरेन्द्र साउदले ३ विकेट लिए । प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान दुई नम्बर प्रदेशका अमित यादव भए भने बेष्ट बलर सात नम्बरका नरेन्द्र साउद ठहरिए । यस्तै बेष्ट किपर सात नम्बर प्रदेशकै राजन सिंह बने ।

यसै क्रममा बेष्ट फिल्डर सात नम्बर प्रदेशका हृदय बिठारी बने । प्रतियोगिताको म्यान अफ् द सिरिज दुई नम्बर प्रदेशका विवेक यादव घोषित भए । विजेता सात नम्बरले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्‍याे भने उपविजेता  प्रदेश नम्बर दुईले एक लाख ५० हजार प्राप्त गर्‍याे ।

 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal