• ON AIR
  • UP NEXT

जीप दुर्घटना दुईजनाको ज्यान गयो ।।

news

असार १ बैतडी, 
             बैतडीको सर्मालीमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । बैतडीका शिबनाथ गाउपालिका स्थीत सुल्यखानबाट कुस्मौघाटका लागि छुटेको से १ च ११५८ नंबरको जीप बिहान ११बजे दुर्घटना हुदाँ दुईजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 
 
 ज्यान जानेमा जीप चालक कैलालीका शिवराज चौधरी र बैतडीको शिवनाथ गाउँपालिकाका लालसिंह महता रहेका छन् । दुर्घटनामा घाइते भएका हरिदत्त भट्टको उपचार भइरहेको छ । 
 
जीप गुडिरहेको बेलामा टायर पञ्चर हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal