• ON AIR
  • UP NEXT

असिनापानीले गहुँबालीमा क्षती

news

विनोद सिंह विष्ट–बैतडी,१७ वैशाख-
केहीदिनयता लगातार रुपमा परिरहेको असिनापानीले बैतडीसहित प्रदेश नं ७ का किसानले लगाएको अन्नबाली,तरकारी र फलफुलमा क्षती पुगेको छ । गएराती परेको असिनापानीले भित्र्याउनै लागेको गहुँबालीमा ठुलो नोक्सान पुर्याएको बैतडीका किसानहरुले बताएका छन् । बैतडीको दोगडाकेदार, दशरथचन्द नगरपािलका , सुर्नया गाउँपालिका, पाटन नगरपालिका लगायतका क्षेत्रमा असिनापानीले बढी क्षती पुर्याएको छ । दोगडाकेदार गाउँपालिकाको श्रीकोट, देउलेक,श्रीकेदारलगायका क्षेत्रमा परेको असिनापानीले भित्र्याउनै लागको गहुँबालीमा क्षती पुगेको स्थानिय तथा तरुण दलका जिल्ला अध्यक्ष घनश्याम भट्टले जानकारी दिनुभयो । करिब २० मिनेट परेको असिनाले गहुँबाली,तरकारी तथा फलफुलमा क्षती पुगेको उहाँले बताउनुभयो । यस्तै दशरथचन्द नगरपालिकाको गुरुखोला लगायतका क्षेत्रमा पनि असिनापानीले काटेको तथा काट्न बाँकी गहुँबालीमा नोक्सान गरेको स्थानिय देबेन्द्र विश्वकर्माले बताउनुभयो । असिनापानीसंगै चलेको हावाहुरीले पाकेर भित्र्याउन लागेको गहुँबाली र फलफुल तथा तरकारी नष्ट गरेको पाटनका स्थानिय बिश्राम कोली ले जानकारी दिनुभयो । पाकेर भित्र्याउन लागेको अन्नबालीमा असिनापानीले क्षती गरेपछी बैतडीका किसान चिन्तीत बनेका छन् । गहुँबाली लगाईसकेपछी समयमै पानी नपरेका कारण उत्पादन कम भएको त्यसैमा  पाकिसकेको गहुँ तथा तरकारीमा असिनाले क्षती पुगेको भोकमरी हुने भन्दै यहाँका किसान चिन्तीत भएका हुन् । उता जिल्ला प्रहरी कार्यालय बैतडीले भने हावाहुरी र असिनापानीले अहिलेसम्म असिनाले कुनै मानविय तथा भौतिक क्षती भएको खबर नआएको जनाएको छ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal