• ON AIR
  • UP NEXT

घुम्तीशिविरमार्फत १ हजार बढी सर्वसाधारण लाभान्वित

news

विनोद सिंह विष्ट–बैतडी,१७ वैशाख-
बैतडीको तल्लोस्वाराड क्षेत्रमा जारी निशुल्क एकिकृत घुम्ती शिविर आज शिवनाथ गाउँपालिकाको शर्मालीमा सञ्चालनमा रहेको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको समन्वयमा एकीकृत घुम्ती शिविर जारी रहेको हो । शिविरमार्फत नेपाली नागरिकताको प्रमाणपत्र, फोटो सहितको मतदाता नामावली संकलन, अपांगता परिचयपत्र लगाउतका सेवाहरु  दिईरहेको सहायक प्रमुख जिल्ला अधिकारी दिपक कुमार आचार्यले जानकारी दिनुभयो ।  गाउँमै घुम्ती शिविर सञ्चालन भएपछि स्थानीयबासी खुशी भएका समेत छन् । स्थानीय तह भएपनि नागरिकता लगायतका सेवा लिन नागरिकलाई सदरमुकाममै पुग्नु पर्ने बाध्यता थियो । 
यसअघि शनिवार र आईतवार गरेर १ हजार बढी सर्वसाधारण शिविरमार्फत सेवा लिएका छन् ।  शिविरमा पञ्चेश्वर गाउँपालिका २ का ७९ बर्षीय हजारीदेवी साउँद लगायत ४०२ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । यस्तै २८६ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका जनाईएको छ । ३५ जना अपांगता भएका व्यक्तिहरुले परिचयपत्र पाएका छन् भने सुख्खा फलफूल विकास केन्द्र सतबाँझले तीनसय बढी किसानलाई तरकारीको बीउबिजन वितरण गरिएको जनाएको छ ।  यसैबिच भोलीे शिवनाथ गाउँपालिकाको सुल्लेखानमा शिविर सञ्चालन हुने बताईएको छ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal