• ON AIR
  • UP NEXTसिधा प्रश्न सिधा जवाफ

बैतडीमा काग्रेश उमेदवारको टुगों लाग्यो ।।

news

सिपि लोहिया/जेठ २८ बैतडी,
          नेपाली कांग्रेसले बैतडीका १० ओटै स्थानीय तहमा बल्ल उम्मेद्वारको टुंगो लगाएको छ । क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिले उम्मेद्वारको टुंगो लगाउन नसकेपछि कागे्रश केन्द्रीय समितिमा आकांक्षीहरुको नामावली पठाइएको थियो । 
 
दशरथचन्द नगरपालिकाको मेयरमा काग्रेश जिल्ला सभापति नरेन्द्रसिंह थापा उम्मेद्वार बनेका छन् भने  उपमेयरमा मीना चन्दलाई उम्मेद्वार बनाएको छ । थापा २०५४ सालमा दशरथचन्द नगरपालिकाको निर्वा्चित उपमेयर हुनुहुन्छ भने २०४९ सालमा तत्कालीन त्रिपुरासुन्दरी गाविसको निर्वा्चित अध्यक्ष समेत हुनुहुन्छ । यस्तै उपमेयरका उम्मेद्वार चन्द शिक्षकबाट राजीनामा दिएर टिकटको लागी सिफारिस हुनुभएको हो ।
 
यस्तै मेलौली नगरपालिकाको मेयरमा कृष्णसिंह नायकलाई उम्मेद्वार बनाएको छ भने उपमेयरमा राधा ओझालाई उम्मेद्वार बनाएको छ । यस्तै दोगडाकेदार गाउँपालिकामा नेपाल तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्टले अध्यक्ष पदको टिकट पाउनुभएको छ भने उपाध्यक्षमा बिस्ना जोशीले टिकट पाउनुभएको नेपाली काँग्रेस बैतडीका सभापति नरेन्द्र सिहँ थापाले बताउनुभयो  ।
 
सिगास गाउँपालिकामा अध्यक्ष पदका लागि खगेन्द्रसिंह धामीलाई उम्मेद्वार बनाइएको छ भने उपाध्यक्षमा द्रोपती चन्दलाई उम्मेद्वार बनाएको छ । पुरचौडी नगरपालिकाको मेयरमा दीपक बमलाई उम्मेद्वार बनाएको छ भने उपमेयरमा उत्तरा नेपाललाई उम्मेद्वार बनाएको छ ।
 
जिल्लाको पाटन नगरपालिकामा केशवबहादुर चन्दलाई मेयर उम्मेद्वार बनाएको छ भने उपमेयरमा सरस्वती कोलीलाई उम्मेद्वार बनाएको छ । मेयरका उम्मेद्वार चन्द पूर्व सहायक मन्त्री समेत हुनुहुन्छ । 
 
जिल्लाको सुर्नया गाउँपालिका, डिलाशैनी गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा कांग्रेसले यसअघि नै उम्मेद्वारको टुंगो लगाइसकेको थियो । सुनर्यामा जिल्ला काग्रेश सचिव समेत रहेका बिर बहादुर बिष्ट,डिलाशैनिमा कर्ण बहादुर राना,शिबनाथमा कर्ण सिहँ साउद, तथा पञ्चेस्वरमा दिनेश चन्द यसअघिनै उमेदवार टुगों लगाएको थियो ।
 
उम्मेद्वारको टुंगो लगाएसंगै कांग्रेसले जिल्लामा चुनावी प्रचारप्रसार अभियानलाई तिव्रता दिएको छ । नेपाली कांग्रेसले ढिलो गरी उम्मेद्वारको टुंगो लगाएपनि एमाले, माओवादी केन्द्र र राप्रपाले यसअघि नै उम्मेद्वारको टुंगो लगाएर चुनावी अभियानमा जुटेका छन् ।
 
सबै उमेदवारको टुगों लागेपछि अब तिब्र रुपमा चुनावी अभियन अगाडी बढाउने नेपाली काग्रेश जिल्ला सभापति नरेनद्र सिहं थापाले बताउनभयो  ।
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal