• ON AIR
  • UP NEXT

आज विश्व बौद्धिक सम्पत्ति दिवस मनाइदै

news

काठमाडौं, १३ वैशाख – आज अप्रिल २६ तारिख, विश्व बौद्धिक सम्पत्ति दिवस, नेपालमा पनि विविध कार्यक्रम गरि मनाइदै छ । बौद्धिक सम्पत्तिबारेको जानकारी जगाउन विश्व बौद्धिक सम्पत्ति महासन्धी अस्तित्वमा आएको दिनको सम्झनामा हरेक वर्ष अप्रिल २६ तारिखमा बौद्धिक सम्पत्ति दिवस मनाउने गरिएको छ ।

औद्योगिक, कला, साहित्य, रेडियो तथा टेलिभिजन कार्यक्रम लगायत सबै क्षेत्रका सिर्जना र व्यक्तिगत सम्पत्तिलाई बौद्धिक सम्पत्तिका रुपमा मानी त्यस्तो सम्पत्ति माथि सम्बन्धित व्यक्ति वा संस्थाको प्रतिलिपी तथा दर्ता अधिकारबारे सचेत गराउन दिवस मनाईंदै आएको छ ।

दिवसका अवसरमा उद्योग विभाग र नेपाल उद्योग वाणिज्य महासंघले बौद्धिक सम्पत्ति एकिकृत नीति, एकिकृत ऐन लगायतका विषयमा अन्तक्र्रिया गर्दैछन् ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal