• ON AIR
  • UP NEXT

बैतडीमा ३ दर्जन बढी मतदाता थपिए

news

विनोद सिंह विष्ट–बैतडी,११ वैशाख-
वैशाख २ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा बैतडीमा हालसम्म ३ दर्जन बढीले नागरिकले आफ्नो  नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीका कम्प्युटर अपरेटर संगिता विष्टका अनुसार हालसम्म ९ महिला र २९ पुरुष  गरी ३८ जनाले नाम दर्ता गराएका हुन् ।  १६ बर्ष पुरा भई नागरिकता प्रमाणपत्र लिएका यो भन्दा अगाडी मतदाता नामावली नाम नभएका नागरिकले जिल्ला निर्वाचन कार्यालय बैतडीमा आफ्नो नाम गर्दा गराउन सक्ने बताईएको छ ।  यस अघि नामावली दर्ता गराएका तर नामावलीमा त्रुटी देखिएका, विदेशमा बसोवास गरिरहेका ,बसाईसराई, मृत्यु, आदी कारणले अद्यावधिक गर्नु पर्ने र नया नागरिकता लिएका मानिसहरुले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउने उद्देश्यले उक्त कार्य गरिएको बताईएको छ । उमेरले १६ वर्ष पुगेपछी नागरिकता प्रमाणपत्र लिन पाइने भएपनि मतदाता वन्नका लागी १८ वर्ष पूरा भइ मतदाता नामावलीमा नाम दर्ता हुनुपर्ने कानुनी व्यवस्था रहेको छ । उक्त कार्य निर्वाचन आयोगको अर्को आदेश नआउँदा सम्म जारी रहने भएको छ । बैतडीमा प्रदेश  तथा प्रतिनिधि सभाको निर्वाचनको बेला   ६४ हजार ४ सय ७१ पुरुष तथा ६७ हजार ८ सय ४७ महिला  र तेस्रोलिंगी २ जना गरी १ लाख ३२ हजार ३१९ जना मतदाता रहेको थिए ।  निर्वाचन आयोगले बैतडीसहित देशका ७७ वटै जिल्ला निर्वाचन कार्यालयमा वैशाख २ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य जारी राखेको छ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal