• ON AIR
  • UP NEXT

किशोरी बृत्त समुहले ३० बालबिबाह रोके

news

बैतडी-  बैतडी जिल्लामा गठित किशोरी बृत्त समुहले गत आर्थिक बर्ष र चालु आर्थिक बर्षमा गरी ३० वटा बालबिबाह रोकेका छन् । गत आर्थिक बर्ष १३ र चालु अािर्थक बर्षको अहिलेसम्म १७ वटा  उमेर नपुगेरै गरीन लागेका बालबिबाह रोकेको सयुंक्त राष्टसंघीय जनसख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहिले बताउनु भयो ।
 
बैतडीमा साबिकका सलेना, देहिमाण्डौ, गुरुखोला , हटैराज भौनेली , रौलेश्वर, शिद्धेश्वर,शिद्धपुर,रिम गोकुलेश्वर गाबिस र दशरथचन्द नगरपालीकामा  ११ वटा किशोरीबृत्त र ३३ वटा किशोरी समुह गठन गरीएका छन् । किशोरीबृत्त र किशोरी समुहमा आबद्ध किशोरीहरुले गाउगाउँमा बालबिबाह न्युनीकरण सम्बन्धी सचेतनामुल कार्यक्रम गरेर बालबिबाह न्युनीकरणको लागी प्रयास गरीरहेका छन् ।  २०३० सम्ममा नेपाललाइ बालबिबाह मुक्त घोषणा गर्ने नेपाल सरकारको लक्षय अनुसार बैतडी जिल्लामा पनि बालबिबाह न्युनीकरणका लागी बिभीन्न पहलहरु भइरहेको छन् । सन २०१४ मा बालीका दुलही हैनन् भन्ने स्वतन्त्र अध्यानमा बैतडी जिल्लामा ६० प्रतिशत बालबिबाह हुने गरेको पाइएको छ ।
 
बैतडी जिल्ला सबै भन्दा बढी बालबिबाह गर्ने नेपालका ५ जिल्लाभित्र पर्ने भएकाले जिल्लामा बिभीन्न सरकारी तथा गैर सरकारी संघसस्थाले जनचेतनामुलक कार्यक्रमहरु गरीरहेका छन् । अशिक्षा, गरीबि, पुरतानबादी सोचका कारण उमेर नपुग्दै छोराछोरीको बिबाह गरीदिने चलन रहेकाले बालबिबाह न्युनीकरणका लागी थुप्रै प्रयासहरु भइरहेका छन् । पहिलेको भन्दा अहिले मानीसमा केहि चेतना जागेपनि बालबिबाह न्युनीकरणमा अझै चुनैती रहेको सयुंक्त राष्टसंघीय जनसख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहिले बताउनु भयो ।
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal