• ON AIR
  • UP NEXT

दोगडाकेदारमा महिला तथा पुरुष भलिबल प्रतियोगिता

news

विनोद सिंह विष्ट–बैतडी,७ वैशाख-
बैतडीको दोगडाकेदारमा भोली शनिवारदेखि प्रथम अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा गाउँपालिकामा रहेका ८ वटै वडा महिला तथा पुरुष गरी १६ टोलीको सहभागिता रहने खेल संयोजक भरत महराले जानकारी दिनुभयो । दोगडाकेदार गाउँपालिकाको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता वैशाख ११ सम्पन्न हुने भएको छ । प्रतियोगितामा महिला तथा पुरुषमा प्रथम पुरस्कार रु ५० हजार, द्वितीय पुरस्कार रु ३० हजार , तृतिय पुरस्कार रु २० हजार र चौथो हुने हुने टोलीलाई रु १० हजार पुरस्कार रहेको छ । यस्तै उत्कृष्ट हुने एक एक खेलाडीलाई म्यान अफ द सिरिज एक जनालाई नगद १ हजार ५ सयका दरले पुरस्कार राखिएको छ । चनैराज खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको भोली बिहान ११ बजे एक कार्यक्रमका बिच उद्दघाटन गरिने दोगडाकेदार गाउँपालिकाले जनाएको छ । उक्त प्रतियोगिताले गाउँपालिकामा भलिबल खेलको बिकासका साथै खेलाडी उत्पादन गर्न सहयोग मिल्ने अपेक्षा गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal