• ON AIR
  • UP NEXT

चितुवाको आक्रमणवाट बृद्धा गम्भिर

news

विनोद सिंह विष्ट–बैतडी,७ वैशाख-
चितुवाको आक्रमणमा परि बैतडीको तल्लोस्वराडमा एक बृद्धा गम्भिर घाईते भएका छन् । घाईते हुनेमा मेलौली नगरपालिका ८ कोटिगाउ जोगीझाडकी ६७ बर्षिया डिगरी देवी विष्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 
गएराती १ बजे घरभित्रै सुतिरहेकी बृद्धालाई झ्यालवाट भित्र पसेको चितुवाले आक्रमण गरेको हो । घाईते डिगरीको टाउकोमा गम्भिर चोट रहेको छ । घाईतेलाई उपचारका लागी उप क्षेत्रिय अस्पताल डडेल्धुरा लैजनो तयारी भएको छ । 
चितुवाले  वि स २०६८ साल यता तल्लोस्वराड क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ । प्रसासनले धेरैपटक चितुवा मार्नका लागी तल्लोस्वराडमा प्रहरी र बनरक्षकको टोली पठाएको भएपनि फेला पार्न नसकि फर्किने गरेको छ । 
गत फागुन १४ गते राती मात्रै मेलौली नगरपालिका–९ रोकटाका डेढ बर्षिय बालक गणेश बहादुर चन्दलाई आफ्नै घरकै भुइँतले भान्छा कोठामा रहेका बेला चितुवाले आक्रमण गरी गम्भीर घाईते बनाएको थियो । 
 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal