• ON AIR
  • UP NEXT

पैदलयात्रीलाई स्ववियुको नगदसहित सम्मान

news

विनोद सिंह विष्ट–बैतडी,४ बैशाख-
देशमा शान्ति फैलियोस भनेर विगत २२० दिनदेखि पैदलयात्रामा रहेको एक पैदलयात्रीलाई गोकुलेश्वर कृषि  तथा पशुबिज्ञान कलेजको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)ले नगदसहित सम्मान गरेको छ । काभ्रे घर भएका १८ बर्षिय शरद कोईरालालाई स्ववियु सभापती राजेन्द्र बमले नगद ७ हजार ५ सय सहित दोसल्ला तथा खादा ओढाएर सम्मान गरेको हो । नगदसहित सम्मानका साथै स्ववियुले पैदलयात्री कोईरालाको अगामी यात्रा सफल तथा फलदायी रहोस भन्ने शुभकामना समेत दिएकोे छ । नेपालभरी शान्ति फैलियोस भन्ने उद्देश्यले कोईरालाले २२० दिन अगाडी काभ्रेवाट सुरु गरेको पैदलयात्रा बैतडी सहित देशका ५२ जिल्लामा गरिसकेको छ । कोईराला नेपाल चिन सीमास्तम्भ नं १ दार्चुलाको लिपुलेकपश्चात बैतडी पुग्नुभएको हो । बैतडी ५२ जिल्लाको पैदलयात्रापश्चात कोईराला आजै बझांगको पैदलयात्रा निस्किसक्नुभएको छ । काईरालाले देशका ७७ वटै जिल्लामा पैदलयात्रा गर्ने बताएका छन् । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal