• ON AIR
  • UP NEXT

बैतडीमा मतदाता नामावली संकलन कार्य सुरु

news

विनोद सिंह विष्ट-बैतडी,२ बैशाख-बैतडीमा आजदेखि फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुरु भएको छ । १६ बर्ष पुरा भई नागरिकता प्रमाणपत्र लिएका यो भन्दा अगाडी मतदाता नामावली नाम नभएका नागरिकले जिल्ला निर्वाचन कार्यालय बैतडीमा आफ्नो नाम गर्दा गराउन सक्ने जिल्ला निर्वाचन अधिकारी माधव फ्यालले जानकारी दिनुभयो । १६ वर्ष पुगेपछि दर्ता भए पनि १८ वर्ष पुगेपछि मात्रै निर्वाचनमा मददान गर्न पाउने प्रावधान रहेको छ ।यस अघि नामावली दर्ता गराएका तर नामावलीमा त्रुटी देखिएका, विदेशमा बसोवास गरिरहेका ,बसाईसराई, मृत्यु, आदी कारणले अद्यावधिक गर्नु पर्ने र नया नागरिकता लिएका मानिसहरुले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउने उद्देश्यले उक्त कार्य गरिएको बताईएको छ । उमेरले १६ वर्ष पुगेपछी नागरिकता प्रमाणपत्र लिन पाइने भएपनि मतदाता वन्नका लागी १८ वर्ष पूरा भइ मतदाता नामावलीमा नाम दर्ता हुनुपर्ने कानुनी व्यवस्था रहेको छ । उक्त कार्य निर्वाचन आयोगको अर्को आदेश नआउँदा सम्म जारी रहने भएको छ । बैतडीमा प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको बेला ६४ हजार ४ सय ७१ पुरुष तथा ६७ हजार ८ सय ४७ महिला र तेस्रोलिंगी २ जना गरी १ लाख ३२ हजार ३१९ जना मतदाता रहेको थिए । आयोगले बैतडीसहित देशका ७७ वटै जिल्ला निर्वाचन कार्यालयमा आजदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु गरेको हो ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal