• ON AIR
  • UP NEXT

त्रिपुरा क्रिकेट क्लब उपाधी नजिक

news

विनोद सिंह विष्ट–बैतडी,२ बैशाख-
त्रिपुरा क्रिकेट क्लव, बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको फाईनलमा प्रबेश गरेको छ । निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा आज सम्पन्न सेमिफाईनल खेलमा खोडपे क्रिकेट क्लवलाई १०१ रनले पाखा लगाउदै त्रिपुरा उपाधी नजिक पुगेको हो । टस जितेर पहिला ब्याटिंग गरेको त्रिपुराले निर्धारित २० ओभरमा ५ विकेटकोे क्षतीमा २५४ रन बनायो । तेज चन्दले सतकिय पारी खेल्दै ११५ रनको योगदान गरे भने महेन्द्र मार्कण्डले ४७ रन बनाए । खोडपेका कृष्ण विष्टले २ विकेट हात पारे । २५५ रनको बिशाल लक्ष्यका साथ मैदान उत्रेको खोडपे १५३ रनमा समेटियो । रुपक ऐरीले ६४ रनको योगदान गरेपनि हार टार्न नसक्दा खोडपे सेमिफाईनलबाटै घर फर्किन बाध्य भएको छ । त्रिपुराका गणेश थापाले ३ विकेट हात पारे । सतकिय पारी खेल्दै ११५ रन हिर्काउने त्रिपुराका तेज चन्द म्यान अफ द म्याच घोषित भएका भेन्यु ईन्चार्ज बिर सिंह बोहराले जानकारी दिनुभयो । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा चैत २५ देखि सुरु भएको प्रतियोगितामा १६ टोली सहभागी रहेका थिए ।

प्रतियोगिताको उपाधी विजेताले ३० हजार, उप विजेताले २० हजार र म्यान अफ द सिरिज एक जनाले ५ हजार नगद ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो । बिडिसिए कप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुने विश्वाश गरिएको छ ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal