• ON AIR
  • UP NEXT

बिडिसिए कपः चार खेल सम्पन्न

news

विनोद सिंह विष्ट–बैतडी,३० चैत-
बैतडीमा जारी बिडिसिए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज लिग चरणका चार खेल सम्पन्न भएका छन्।
निंगलाशैनी खेलमैदान देहिमाण्डौंमा आज सम्पन्न पहिलो खेलमा अस्मिकेदार क्रिकेट क्लवलाई ६८ रनले पराजित गर्दै पाटन स्टार क्रिकेट क्लव विजयी भएको छ । टस हारेर ब्याटिंगको निम्ता पाएको पाटन म्यान अफ द म्याच जगदिश बि क को अविजित ६८ रनको मद्दतमा १९६ रनमा समेटियो । १९७ रनको विजयी लक्ष्यका साथ मैदन उत्रेको अस्मिकेदार १२४ रनमा समेटियो । पाटनका राजन भण्डारीले ३ विकेट हात पारे । यस्तै आजै भएको दोस्रो खेलमा अस्मिकेदारलाई १९६ रनको बिशाल रनले पाखा लगाउदै माहामाया क्रिकेट क्लव विजयी भएको छ । टस जितेर ब्याटिंग थालेको मायामायाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै २२९ रन बनायो । माहामायाका माधव भट्टले ५२ तथा रोहित थलालले ५० रन जोडे । अस्मिकेदारका बसन्त बडुले २ विकेट हात पारे । २३० रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको अस्मिकेदार १३३ रनमा समेटियो । अस्मिकेदारका जनक बडुले ५८ रनको योगदान गरे । अस्मिकेदारको पारी ध्वस्त पार्ने क्रमममा माहामायाका नरेश नाथले ३ विकेट हात पारे । उता बुढ्ढाबाजे खेलमैदानमा सम्पन्न पहिलो खेलमा दशरथचन्द प्रतिष्ठानलाई ४ विकेटले स्तब्ध पार्दै नागार्जुन क्रिकेट क्लव विजयी भएको छ । भने दोस्रो खेलमा कालाशैनी क्रिकेट क्लवलाई ४ विकेटले हराउदै दशरथचन्द प्रतिष्ठानले जित हात पारेको छ ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा चैत २५ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टोली सहभागी रहेका संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो ।
प्रतियोगिताको उपाधी विजेताले ३० हजार, उप विजेताले २० हजार र म्यान अफ द सिरिज एक जनाले ५ हजार नगद ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने जनाएको छ ।
बिडिसिए कप क्रिकेट प्रतियोगिताको यो १७ औं संस्करणले बैतडीमा क्रिकेटको विकास हुने विश्वाश गरिएको छ ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal