• ON AIR
  • UP NEXT

बिडिसिए कपः योङगस्टारको विजयी सुरुवात

news

विनोद सिंह विष्ट–बैतडी,२८ चैत-
बैतडीमा जारी बिडिसिए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आजदेखी समूह “ए” र समूह “सि” का लिग चरणका खेलहरु सुरु भएका छन् ।
निंगलाशैनी खेलमैदान देहिमाण्डौंमा भएको समूह “ए”को लिग चरणको पहिलो खेलमा पाटनस्टार क्रिकेट क्लवलाई १९ रनले पराजित गर्दै साविक बिजेता योङगस्टार क्रिकेट क्लवले विजयी सुरुवात गरेको छ ।
टस हारेर ब्याटिंगको निम्ता पाएको योङगस्टारले बिरेन्द्र नेगीको ४८ रनको मद्दतले ७ विकेटको क्षतीमा ९९ रन बनायो । पाटनका हेमन्त चन्दले २ विकेट हात पारे । १ सय रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको पाटनले ९ विकेटको क्षतीमा ८० रन मात्रै बनाउन सक्यो । पाटनका नविन चन्दले सर्वाधिक २२ रन जोडेपनि अन्य ब्याट्सम्यान चन्ल सकेनन् ।
म्यान अफ द म्याच योङगस्टार धनविर दयालले ४ विकेट हात पारे । यस्तै आजै हुने भनिएको महामाया क्रिकेट क्लव र योङगस्टार क्रिकेट क्लवविचको दोस्रो खेल बर्षाका कारण अवरुद्ध हुदा दुबै टोलीलाई समान १÷१ अंक दिईएको छ । उता बुढ्ढाबाजे क्रिकेट मैदानमा हुने भनिएको समूह “सि” अन्तर्गत थालीगाडा क्रिकेट क्लव र कालाशैनी क्रिकेट क्लवसंगको लिग चरण्का पहिलो खेल पनि बर्षाका कारण अवरुद्ध हुँदा दुबै टोलीलाई एक एक अंक दिईएको छ ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा चैत २५ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टोली सहभागी रहेका संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो ।
प्रतियोगिताको उपाधी विजेताले ३० हजार, उप विजेताले २० हजार र म्यान अफ द सिरिज एक जनाले ५ हजार नगद ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने जनाएको छ ।
बिडिसिए कप क्रिकेट प्रतियोगिताको यो १७ औं संस्करणले बैतडीमा क्रिकेटको विकास हुने विश्वाश गरिएको छ ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal