• ON AIR
  • UP NEXT

बिडिसिए कप : आज दुई टोली अन्तिम ४ मा पुग्ने

news

विनोद सिंह विष्ट–बैतडी,२७ चैत-
बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज अन्तिम चारमा पुग्ने दुई टोलीको टुंगो लाग्ने भएको छ । समूह “ए” बाट लगातार दुई जित हात पारेको खोडपे क्रिकेट क्लवले सेमिफाईनल नजिक पुगेको छ । निंगलाशैनी क्रिकेट क्लवले एकमा जित र एकमा हार व्येहोरेको छ । केदारशक्ति क्रिकेट क्लवले खेल्ने भनेको एउटा खेल बर्षका कारण अवरुद्ध भएको थियो भने उसको दुवै खेल आज हुने भएका छन् । यस्तै समूह “ए” मै रहेको ग्वाल्लेक क्रिकेट क्लव यसअघि नै प्रतियोतिाबाटै बाहिरिएको छ । निंगलाशैनी खेल मैदान, देहिमाण्डौंमा बिहान साढे ८ बजेपछी हुने खोडपे र केदारशक्तिविचको पहिलो खेलमा खोडपेले जित हात पारै सिधै सेमिफाईनलमा जाने छ भने केदारशक्तिले जित हात पारे आजै हुने दोस्रो खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ । दोस्रो खेल दिउँसो १ बजेपछी निंगलाशैनी र केदारशक्ति विचको हुनेछ भने यो खेलमा केदारशक्तिले जित हात पारे सेमिफाईनलमा स्थान सुरक्षित गर्नेछ भने निंगलाशैनीले जित हात पारेको खण्डमा खोडपे र निंगलाशैनीमध्ये रन रेटका आधारमा समूह “ए” वाट एक टोली अन्तिम चारमा पुग्नेछ । 
यस्तै उता बुढ्ढावाजे खेलमैदानमा हुने आज दुई खेलले समूह “डी” वाट एउटा टोली अन्तिम चारमा पुग्ने टोलीको टुंगो लाग्ने भएको छ ।  समूह “डी” मा रहेको त्रिपुरा क्रिकेट क्लवले दुई जित दर्ता गरेको छ भने कैलपाल क्रिकेट क्लव , पञ्चकोटी क्रिकेट क्लव र त्रिलोचन क्रिकेट क्लवले एकमा जित र एकमा हार व्येहोरेका छन् । बिहान साढै ८ बजेपछी हुने त्रिपुरा र  पञ्चकोटीको पहिलो खेलमा त्रिपुराले जित हात पारे सिधै अन्तिम चारमा पुग्ने छ भने पञ्चकोटीले जित हात पारे । दिउँसो १ बजेपछी हुने  त्रिलोचन र कैलपालबिचको खेलको नतिजाले सेमिफाईनल पुग्ने एक टोली टुंगो लागाउनेछ ।  
प्रतियोगिता अन्तर्गत बुधवारदेखि समूह “बी” र “सि” का खेलहरु सुरु हुनेछन्। 
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा चैत २५ देखि सुरु भएको प्रतियोगितामा १६ टोली सहभागी रहेका संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो ।  
प्रतियोगिताको उपाधी विजेताले ३० हजार, उप विजेताले  २० हजार र म्यान अफ द सिरिज एक जनाले  ५ हजार नगद ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने जनाएको छ ।  
बिडिसिए कप क्रिकेट प्रतियोगिताको यो १७ औं संस्करणले बैतडीमा क्रिकेटको विकास हुने विश्वाश गरिएको छ । 
 
 
 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal