• ON AIR
  • UP NEXTसिधा प्रश्न सिधा जवाफ

काबुलमा शक्तिशाली बम विस्फोटः ८० जनाको मृत्यु, ३५० घाइते

news

जेठ १७ – अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा ८० जनाको ज्यान गएको छ । घटनामा तीन सय ५० जना भन्दा धेरै घाइते भएको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । काबुलको जानबाक स्क्वायर नजिक रहेको जर्मन दूतावास नजिक शक्तिशाली सवारी बम विस्फोट भएको हो । घटनामा ज्यान गुमाउने तथा घाइते हुने धेरैजसो सर्वसाधारण नागरिक रहेका छन् । विस्फोट निकै शक्तिशाली रहेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीय समय अनुसार बुधबार बिहान ८ बजेर २५ मिनेट जाँदा विस्फोट भएको हो । त्यसबेला बजार निकै व्यस्त थियो । अहिले पनि उद्धार तथा राहतको काम भइरहेको छ । ज्यान गुमाउनेको संख्या बढ्न सक्ने जनाइएको छ ।  

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal