• ON AIR
  • UP NEXT

बिडिसिए कप क्रिकेट प्रतियोगिता आईतवारदेखि

news

विनोद सिंह विष्ट–बैतडी,२४ चैत-
बैतडीमा भोली आईतवारदेखि बिडिसिए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको  छ ।  
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता बुड्डाबाजे क्रिकेट मैदान रातामाटा र निङ्लाशैनी क्रिकेट मैदान देहिमाडौंमा सञ्चालन हुने जनाएको छ । १६ टोली सहभागी रहेको प्रतियोगिता ४ समूहमा विभाजन गरिएको बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले  जानकारी दिनुभयो । 
 
निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा आईतवार हुने पहिलो खेलमा निंगलाशैनी क्रिकेट क्लव र ग्वाल्लेक क्रिकेट क्लव भिड्दा बुड्डाबाजे खेलमैदान रातामाटामा पञ्चकोटी क्रिकेट क्लव र त्रिलोचन क्रिकेट क्वल आमनेसामने हुने भएका छन् । बैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको कुनै खेल कारणबस अवरुद्ध भएको खण्डमा दुवै टोलीलाई समान १÷१ अंक दिईने आयोजकले जनाएको छ ।
 
प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २० हजार नगद,ट्रफी र प्रमाणपत्र राखिएको छ । यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई ५ हजार नगद ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । बिडीसिए कप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुने विश्वाश गरिएको छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुन लागेको बिडिसिए कप क्रिकेट प्रतियोगिताको यो १७ औं संस्करण हो ।  
 
 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal