• ON AIR
  • UP NEXT

विद्यार्थी भर्ना अभियान वैशाख महिनाभर चल्ने

news

काठमाडौं, २३ चैत – सरकारले आगामी बैशाख महिनाभरि विद्यार्थी भर्ना अभियान चलाउने भएको छ । स्थानीय तहका जनप्रतिनिधीको सहकार्यमा एक महिना भर्ना अभियान चलाउन स्थानीय तहलाई निर्देशन दिएको हो ।

संविधानमा नै आधारभूत र माध्यमिक तह शिक्षा व्यवस्थापन जिम्मा स्थानीय तहलाई दिएपछि सरकारले यस्तो निर्देशन दिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई पत्राचार गरी विद्यार्थी भर्ना अभियान सफल पार्न ग्रामीन बस्ती र टोलटोलमा घरदैलो अभियान चलाउन भनेको छ ।

मन्त्रालयले शिक्षक, गाउँपालिका तथा नगरपालिकाका पदाधिकारी र कर्मचारीले कम्तीमा एक विद्यार्थी भर्ना गराउने अभियान चलाउन निर्देशन दिएको छ ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal