• ON AIR
  • UP NEXT

बैतडीमा पाठ्यपुस्तकको अभाव कायमै

news

चालु शैक्षिक सत्र शुरु भएको डेढ महिना बितिसक्दा समेत बैतडीमा पाठ्यपुस्तकको अभाव कायमै रहेको छ । मुख्य शैक्षिक सामग्रीको रुपमा रहेको पाठ्यपुस्तक समयमा उपलब्ध नहुँदा विद्यार्थीहरुलाई समस्या भएको छ ।
 
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमा पाठ्यपुस्तक नछापेका कारण जिल्लामा पाठ्यपुस्तकको अभाव भएको जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक शंकरदत्त भट्टले जानकारी दिनुभयो । कक्षा ६ देखि १० सम्मका केही बिषयका पाठ्यपुस्तक अझै उपलब्ध हुन नसकेको उहाँले बताउनुभयो ।
 
समयमा पाठ्यपुस्तक उपलब्ध नहुँदा पठनपाठन कार्यमा समस्या भएको मणिलेक मावि मेलौलीका प्रचार्य देवदत्त कलौनीले बताउनुभयो । समयमा पाठ्यपुस्तक उपलब्ध नहुँदा कोर्स पूरा गर्न नसकिने उहाँले बताउनुभयो । जेठमा पनि पाठ्यपुस्तक प्राप्त गर्न नसकेका विद्यार्थीहरुले कहिले पाठ्यपुस्तक प्राप्त गर्छन भन्ने कुरा अन्यौल भएको छ ।
 
अब असारमा बर्षे बिदा हुने भएकाले विद्यार्थीहरुले तत्कालै पाठ्यपुस्तक पाउने सम्भावना कम रहेको प्राचार्य कलौनीले बताउनुभयो । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal