• ON AIR
  • UP NEXT

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

news

बैतडी,१८ चैत-
माटोको ढिस्कोमा पुरिएर बैतडीमा आज एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिका ६ बसेडीकी १५ बर्षीया लक्ष्मी सुतार रहेकी छन् । आज दिउँसो घर नजिकै रहेको माटोको खानीबाट माटो खनिरहेका बेला माथिबाट एक्कासी खसेको ढिस्कोले उनको मृत्यु भएको स्थानियबासिन्दा गम्भिर दयालले जानकारी दिनुभयो । लक्ष्मी स्थानीय जिम्मेश्वर आधारभूत विद्यालय बसेडीमा कक्षा ८ मा अध्ययनरत रहेकी थिईन्।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal